मुख्यमन्त्री यादवले जेठ २८ गते विश्वासको मत लिने

नेपालभ्युज

मुख्यमन्त्री यादवले जेठ २८ गते विश्वासको मत लिने

जनकपुरधाम । मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज भनिएको विश्वासको मत लिने प्रक्रिया जेठ २८ गतेका लागि सारेका छन् ।

मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिने तयारी गरेका थिए तर, उनको अचानक स्वास्थ्यमा समस्या आएको हुँदा जेठ २८ गते विश्वासको मत लिने भनी प्रदेश सभामा जानकारी गराएका छन् ।

जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक रामआशिष यादवले बुधबार संसदीय दलको बैठकले २८ गते विश्वासको मत लिने निर्णय गरेर प्रदेशसभामा जानकारी गराइएको बताए ।

एमाले र माओवादी केन्द्रले ३० वैशाखमा सरकारलाई दिएको समर्थन फिर्ता लिएका कारण उनले ३० जेठसम्म विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved