सहकारी छानबिन समितिको पहिलो बैठक बस्दै

नेपालभ्युज

सहकारी छानबिन समितिको पहिलो बैठक बस्दै

काठमाडौं । ‘सहकारी संस्था बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समिति’को पहिलो बैठक बस्दै छ ।

पहिलो बैठक आज (बुधबार) २ बजे (प्रतिनिधि सभाको बैठकलगत्तै) सभामुखको उपस्थितिमा संसद् भवन बानेश्वरस्थित शंकर हलमा बस्दैछ ।

उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि सहकारीमा बचत रकम दुरुपयोग गरेको प्रश्न उठेपछि छानबिन समिति गठन भएको छ ।

समितिमा सूर्य थापा, ईश्वरी न्यौपाने, ध्रुवबहादुर प्रधान, बद्री पाण्डे, लेखनाथ दाहाल, शिशिर खनाल र सरिता भुसाल सदस्य छन् ।

समितिलाई तीन महिनाको अवधि दिइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved