१८ करोडको बजेटमा कमसल पीच, हिलोमै कालोपत्रे गरिएपछि गोदावरीका वडाध्यक्षले यसरी भत्काए

नेपालभ्युज

१८ करोडको बजेटमा कमसल पीच, हिलोमै कालोपत्रे गरिएपछि गोदावरीका वडाध्यक्षले यसरी भत्काए

काठमाडौं । ललितपुरको फुल्चोकी–नौधारा सडकखण्डमा हिलो बाटोमै कमसल कालोपत्रे गरिएको भन्दै वडाध्यक्षले भत्काइदिएका छन् ।

गोदावरी नगरपालिका–३ का वडाध्यक्ष सानुराजा घिमिरेले कमसल पीच भत्काइदिएका हुन् ।

सडक विभागले उक्त सडकखण्डअन्तर्गत १८ करोड रुपैयाँमा कालोपत्रेसहित सडक सुधारको काम गरिरहेको छ । तर, हिलो माटोमा कालोपत्रे नगर्न आग्रह गर्दा पनि अटेरी गरेको उनले बताए । कालोपत्रे यस्तो थियो कि सजिलै भत्कियो ।

कमसल कालोपत्रे प्रयोग भएको पाएपछि आफूहरूले भत्काइदिएको वडाध्यक्ष घिमिरेले बताए । सडक भत्काएपछि ठेकेदार कम्पनीले मापदण्ड पुर्‍याएर सडक पुनः कालोपत्रे गर्ने प्रतिबद्धता जनाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved