चौधरी फाउन्डेसनले गर्याे इलेक्ट्रीकल उपकरण मर्मत तालिम सम्पन्न

नेपालभ्युज

चौधरी फाउन्डेसनले गर्याे इलेक्ट्रीकल उपकरण मर्मत तालिम सम्पन्न

काठमाडौं । चौधरी फाउन्डेसनको आयोजनामा सञ्चालित ४८ दिने एसी र रेफ्रिजेरेटर मेकानिक तालिम सम्पन्न भएको छ । मंगलबार एक समारोहबीच चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरी र चन्द्रागिरि नगरपालिकाका मेयर घनश्याम गिरीले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका हुन् ।

यस तालिमको मुख्य उद्देश्य ग्रामीण भेगका युवाहरूलाई रोजगारमूलक सिप विकास गर्नु रहेको चौधरी फाउन्डेसनले जनाएको छ । यसैबीच, चौधरी फाउन्डेसनले तिन वटा प्रदेशमा इन्डक्सन चुल्हो मर्मत र रेखदेख सम्बन्धी ३ दिने तालिम पनि सञ्चालन गरिरहेको छ ।

यो तालिम लुम्बिनी प्रदेशमा सम्पन्न भइसकेको छ भने कर्णाली र मधेस प्रदेशमा चाँडै सुरु हुने जनाइएको छ । यी सबै तालिमको मुख्य उद्देश्य लक्षित लाभग्राहीहरूलाई इलेकट्रोनिक्स मर्मत र रेखदेख सम्बन्धी गुणस्तरीय व्यावसायिक र प्राविधिक तालिम प्रदान गर्नु रहेको चौधरी फाउन्डेसनले जानकारी दिएको छ ।

कार्यक्रममा बोल्दै चौधरी ग्रुपका प्रबन्ध निर्देशक निर्वाण चौधरीले देशभित्रै सिपयुक्त जनशक्ति विकास गर्न चौधरी फाउन्डेसन प्रतिबद्ध रहेको बताए । ‘हामी यस्ता तालिम कार्यक्रमको माध्यमबाट मानिसहरूलाई सिप विकासमा सहयोग गरिरहेका छौँ, ताकि उनीहरू देशभित्रै रोजगार प्राप्त गर्न सकुन् र राम्रो आम्दानी आर्जन गर्न सकुन् ।’ उनले भने ।

विश्वकै प्रतिष्ठित अन्तर्राष्ट्रिय कम्पनी एल.जी. इलेकट्रोनिक्सको सहकार्य तथा प्राविधिक सहयोगमा यस्ता तालिम मार्फत युवाहरूमा सिपको विकासमा सहयोग गर्नु चौधरी ग्रुपको कर्तव्य समेत रहेको चौधरीले बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved