मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

नेपालभ्युज

मुख्यमन्त्री यादवलाई विश्वासको मत दिने कांग्रेसको निर्णय

जनकपुरधाम । नेपाली कांग्रेसले मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवलाई विश्वासको मत दिने भएको छ ।

पार्टीको मधेस प्रदेश संसदीय दलको मंगलबार बसेको बैठकले यादवलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

संसदीय दलका प्रमुख कृष्ण यादवले डाकेको बैठकले बुधबार मुख्यमन्त्री यादवले लिन लागेको विश्वासको मतको पक्षमा मतदान गर्ने निर्णय भएको एक सांसदले बताए ।

मधेस प्रदेश सभामा कांग्रेसका २२ जना सदस्य छन् । जसपासँग कांग्रेस उभिएपछि मुख्यमन्त्रीको पक्षमा ४१ सांसद देखिएका छन् ।

मुख्यमन्त्री यादवको निरन्तरताका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ । एमाले र माओवादी सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएपछि मुख्यमन्त्री यादवले बुधबार विश्वासको मत लिन लागेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved