काठमाडौं । भारतको मध्य प्रदेशको इन्दौर सिटमा सबैभन्दा बढी मतदाताले नोटा (नन अफ द एबोब)बटन थिचेका छन् ।
निर्वाचन आयोगका अनुसार यस सिटमा दुई लाख १८ हजारभन्दा बढी मतदाताले नोटा बटन थिचेका छन् ।
भारतीय निर्वाचनको एउटा उल्लेखनीय पक्ष छ- नोटा । यस विकल्पमार्फत् मतदाताले उपलब्ध कुनै पनि उम्मेदवारप्रति असहमति व्यक्त गर्न सक्नेछन् । सन् २०१३ देखि यो विकल्प प्रचलनमा आएको हो ।
यो सिटमा भाजपाका उम्मेदवार शंकर लालवानीले अहिलेसम्म १२ लाख २३ हजारभन्दा बढी मत प्राप्त गरेका छन् ।
बहुजन समाजवादी पार्टी बसपाका उम्मेदवार सञ्जय शंकरलालले भन्दा नोटा बढी रहेको छ । सञ्जयले हालसम्म करिब ५१ हजार मत प्राप्त गरिसकेका छन् ।
इन्दौर त्यही सिट हो, जहाँबाट कांग्रेस उम्मेदवार अक्षय कान्ति बमले उम्मेदवारी फिर्ता लिएका थिए । यो निर्णयपछि अक्षय बम भाजपा नेता कैलाश विजयवर्गीयसँग देखिएका थिए । पछि अक्षय भाजपामा प्रवेश गरे।
Facebook Comment
Comment