काठमाडौं । भारतमा लोकसभा चुनावको मतगणना जारी छ । निर्वाचन आयोगका अनुसार ५४३ सिटमध्ये अहिलेसम्म चार सिटको नतिजा आएको छ ।
जसमा भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीएले ३ सिट र भारतीय राष्ट्रिय कांग्रेस नेतृत्वको इन्डिया गठबन्धनले १ सिट जितेको छ।
एनडीएबाट जितेका तीन जना भाजपाका रहेका छन् ।
कर्नाटकको चित्रदुर्गबाट भाजपाका गोविन्द मक्थाप्पा कर्जोल, जयपुरबाट मन्ञु शर्मा विजयी भएका छन् । यसअघि नै भाजपाकी मुकेशकुमार चन्द्रकान्त दलाल सुरतबाट निर्विरोध निर्वाचित भएका थिए ।
यस्तै, कांग्रेसबाट चरनजित सिंह लोक सभा सदस्य निर्वाचित भएका छन् । उनी पञ्जाबको जलानधारबाट निर्वाचित भएको आयोगले जनाएको छ ।
भारतीय सञ्चारमाध्यमका अनुसार पछिल्लो मतपरिणामअनुसार एनडिए गठबन्धन २९१ सिटमा अघि रहँदा इन्डिया गठबन्धन २४१ सिटमा अघि छ भने अन्य दल ११ सिटमा अघि रहेको छ ।
Facebook Comment
Comment