जसपा नेपालको महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्कियो

नेपालभ्युज

जसपा नेपालको महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्कियो
फाइल तस्वीर

काठमाडौं । जनता सामाजवादी पार्टी, नेपालको केन्द्रिय महाधिवेशनका लागि तयार गरिएको पण्डाल हावाहुरीले भत्काएको छ ।

सोमबार रातिको हावाहुरीले महाधिवेशनका लागि तयार गरिएको पण्डालमा क्षति पुर्याएको हो । वर्षाको कारण जनकपुरधाम उपमहानगरपालिका वडा-४ स्थित तिरहुतिया गाछीमा महाधिवेशनको लागि बनाइँदै गरेको पण्डालमा क्षति पुगेको हो ।

एक महिनाभन्दा बढी समयदेखि पण्डाल लगाउने काम सुरु गरिएकोमा महाधिवेशनको एक साता मात्र बाँकी रहेको समयमा पण्डालमा हावाहुरीले क्षति पुगेको हो ।

हावाहुरीको कारण गाडिएको बाँसहरू ढलेको छ । टेन्ट लगाउने ठेक्का लिएका ठेकेदार सञ्जय मण्डलले हावाहुरीको कारण करिव साढे ८ लाख बराबरको क्षति भएको जानकारी दिए । उनले ६५ लाखमा टेन्ट लगाउने ठेक्का लिएको बताए ।

मण्डलका अनुसार पण्डालमा बाँसको पूरै काम भइसकेको थियो । अब त्यसमाथी त्रिपाल लगाउने काम मात्र बाँकी रहेको अवस्थामा भत्किएको हो ।

मण्डलले महाधिवेशन अगावै पुनः पण्डाल निर्माणको काम पूरा हुने बताए । जसपा, नेपालको महाधिवेशन जेठ २८, २९ र ३० गते हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved