मेघ गर्जनसहित झरीले रुझ्यो काठमाडौं, दिउँसै अन्धकार !

नेपालभ्युज

मेघ गर्जनसहित झरीले रुझ्यो काठमाडौं, दिउँसै अन्धकार !
फाइल तस्वीर

काठमाडौं । काठमाडौं उपत्यकासहित देशको केही भूभागमा हल्का पानी परिरहेको छ । साथै उपत्यकामा कालो बादल लागेकाले दिउँसै अन्धकार जस्तो देखिएको छ ।

आज दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेशलगायत देशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरू तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जन-चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved