लोकसभा निर्वाचनको मत गणनामा मोदी नेतृत्वको एनडीए अगाडि, विपक्षी गठबन्धन पनि मजबुत

नेपालभ्युज

लोकसभा निर्वाचनको मत गणनामा मोदी नेतृत्वको एनडीए अगाडि, विपक्षी गठबन्धन पनि मजबुत

काठमाडौं । भारतको लोक सभा निर्वाचनको मत गणना जारी रहदा प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको गठबन्धन नै अगाडि देखिएको छ ।

सुरुआती रुझानमा मोदी नेतृत्वको गठबन्धन एनडीएले बहुमत सिटमा अग्रता लिएको छ । ५४३ सदस्यीय लोक सभामा बहुमतका लागि २७२ सिट चाहिन्छ ।

बीबीसी हिन्दीका अनुसार समाचार तयार पार्दासम्म भारतीय जनता पार्टी (भाजपा) नेतृत्वको एनडीए गठबन्धनले २९९ सिटमा अग्रता लिएको छ । कांग्रेस नेतृत्वको इण्डिया गठबन्धन १ सय ९३ सिटमा अगाडि छ ।

अहिले ५४३ मध्ये ५४२ सिटको मत गणना चलिरहेको छ । सुरत लोकसभा सिटमा भाजपाका उम्मेदवार निर्विरोध निर्वाचित भइसकेका छन् ।

डेढ महिना लगाएर भएको आम निर्वाचनको बिहान ८ बजेबाट गणना सुरु भएको हो । भारतमा १७ औं लोकसभाको समयावधी आगामी जुन १६ मा पुरा हुदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved