हमासको कब्जामा रहेका थप ४ बन्धकको मृत्यु भएको इजरायलको दाबी

नेपालभ्युज

हमासको कब्जामा रहेका थप ४ बन्धकको मृत्यु भएको इजरायलको दाबी

काठमाडौं । हमासले कब्जा गरेका मध्ये ४ जनाकोे मृत्यु भएको पुष्टि भएको छ । इजरायलले हमासद्वारा अक्टोबर ७ मा बन्धक बनाइएका थप चार जना बन्धकको मृत्यु भएको पुष्टी गरेको हो ।

 

इजरायलको दक्षिणी गाजाको खान युनिसमा इजरायली कारवाहीका क्रममा चारैजना सँगै मारिएको र उनीहरुको शव अझै पनि विद्रोहीहरूले आफनो कब्जामा राखेको इजरायली डिफेन्स फोर्स आइडिएफले पुष्टी गरेको हो ।

मृत्यु भएका यी चार बन्धकहरूलाई अक्टोबर ७ मा गाजापट्टी नजिकैबाट अपहरण गरिएको थियो । मारिनेमा बेलायती नागरिक ५१ वर्षीय नादाभ पोपलवेल, ७९ वर्षीय चाइम पेरी, ८० वर्षीय योराम मेट्जगर र ८५ वर्षीय अमिरम कुपर रहेका छन् ।

हमासको कब्जामा रहेका करिब १ सय २० बन्धकहरूको अवस्था भने अझै अज्ञात छ ।

 

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved