काठमाडौं । नेपालको मौसममा स्थानीय वायु, पश्चिमी वायुको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पश्चिम बंगलादेश सम्म फैलिएको न्यून चापीय क्षेत्र को आंशिक प्रभाव परेको छ ।
कोशी, मधेस र सुदुरपश्चिम प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ ।
कोशी, मधेश, बाग्मती, लुम्बिनी र कर्णाली प्रदेशको एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भइरहेको छ ।
दिउँसो कोशी, मधेस, बागमती, र गण्डकी प्रदेश लगायत देशको पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थान तथा बाँकी भू–भागका केही स्थानमा मेघगर्जन सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा हावा हुरीको पनि सम्भावना रहेको छ ।
देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात हुने महाशाखाको अनुमान छ । आज राती कोशी, मधेश र गण्डकी प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहने छ ।
काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३२ दशमलव २ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै धरानमा १६ दशमलव ७ मिलिमिटर वर्षा भएको छ ।
Facebook Comment
Comment