चन्द्र भण्डारी भन्छन् : बालेनलाई काम गर्न दिउँ, गिरीबन्धुका दोषीलाई कारबाही गरौं

नेपालभ्युज

चन्द्र भण्डारी भन्छन् : बालेनलाई काम गर्न दिउँ, गिरीबन्धुका दोषीलाई कारबाही गरौं
फाइल तस्वीर

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सांसद डा. चन्द्रकान्त भण्डारीले काठमाडौं महानगरपालिकाका मेयर बोलेन्द्र साहको काममा अवरोध गर्न नहुने बताएका छन् ।

एमाले र त्यसका अध्यक्ष केपी शर्मा ओलीले काठमाडौंको न्युरोडस्थित सडक पेटी विस्तार गर्न नदिएको आरोप लगाईरहेका बेला कांग्रेस सांसद भण्डारीले मेयर साहलाई काम गर्ने कुरामा निरूत्साहित गर्न नहुने टिप्पणी गरेका हुन् ।

सोमबार संघीय संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूको जिज्ञासाको जवाफ दिने क्रममा उनले मेयर शाहमा केही गरौं भन्ने हुटहुटी रहेकाले काम गर्न दिनुपर्ने बताए ।

सांसद भण्डारीले गिरीबन्धु टी स्टेट प्रकरण छानबिन गरी दोषीमाथि कारबाही हुनुपर्ने पनि बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved