सिंहदरबारमा दाहाल, ओली र नेपालबीच भेटवार्ता

नेपालभ्युज

सिंहदरबारमा दाहाल, ओली र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको छ ।

सोमबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरूबीच भेटवार्ता भएको हो ।

बालुवाटारमा तीन शीर्ष राजनीतिक दलका नेताहरूबीच करिव तीन घण्टाको भेटपछि बालुवाटारमा अध्यक्ष नेपालसँग पनि भेट भएको हो ।

बालुवाटारमा प्रधानमन्त्री दाहाल, अध्यक्ष ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच भेट भएको थियो ।

लगत्तै सिंहदरबारमा प्रधानमन्त्री, ओली र नेपालबीच भेट भएको हो । भेटमा मधेसमा नयाँ सरकार गठनको विषयमा छलफल भएको बताइएको छ ।

दाहाल र ओलीले नेपाललाई मधेसमा नयाँ सरकार गठनमा सहयोग गर्न आग्रह गरेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved