मधेस प्रदेश सभा बैठकमा जनमतको अवरोध

नेपालभ्युज

मधेस प्रदेश सभा बैठकमा जनमतको अवरोध

काठमाडौं । मधेस प्रदेश सभा बैठक प्रतिपक्षी जनमत पार्टीले अवरुद्ध गरेको छ ।

करिब डेढ महिनापछि प्रदेश सभाको तेस्रो अधिवेशनको पहिलो बैठक सोमबार बसेको थियो । सभामुखले बैठक आह्वानको तेस्रो अधिवेशनको पत्र पढेर सुनाएपछि जनमतले प्रदेशसभा बैठक अवरुद्ध गरेको हो ।

सप्तरीको राजविराजमा मन्त्रीमाथि प्रहरीबाट आक्रमण गर्न लगाएको घटनाको छानबिन गर्न संसदीय समिति बनाउनुपर्ने माग राखेर संसद् बैठक जनमतले अवरुद्ध गरेको हो ।

जनमतका सांसद संजय यादवले भने, ‘मन्त्रीमाथि भएको आक्रमणको छानबिन गर्नुपर्ने हाम्रो माग पहिलेदेखिकै हो । त्यो माग पुरा गर्नुपर्छ । समिति गठन नगरे सदन चल्न दिदैनौँ ।’


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved