नेप्सेमा सामान्य अंकको गिरावट, १२ उपसमूह राताम्मे

नेपालभ्युज

नेप्सेमा सामान्य अंकको गिरावट, १२ उपसमूह राताम्मे

काठमाडौं । साताको कारोबारको दोस्रो दिन आज नेप्सेमा सामान्य अंकको गिरावट भएको छ । आज नेप्से परिसूचक ३ दशमलव ९७ अंकले घटेर २०७९ दशमलव ०७ को विन्दुमा पुगेको छ ।

सोमबार ३१६ कम्पनीका ५९ हजार २ सय ९५ पटकको कारोबारमा ८८ लाख २० हजार १ सय २५ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ४० लाख ७० हजार रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ५८ अंकले घटेर ३७० दशमलव ०६ को विन्दुमा पुगेको छ । १३ उपसमूहमध्ये १२ वटा घटेर राताम्मे भएका छन् भने माइक्रो फाइनान्स कम्पनी १०६ दशमलव ७९ अंकले बढेको छ ।

सोमबार निर्जीवन बीमा कम्पनीहरू र निर्माण कम्पनीहरू सर्वाधिक घटेका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved