बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच छलफल

नेपालभ्युज

बालुवाटारमा प्रचण्ड, ओली र देउवाबीच छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच छलफल भइरहेको छ ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा तीन नेताबीच छलफल जारी छ ।

बैठकमा समसामयिक विषय, सहकारी प्रकरणका विषयमा बनेको संसदीय छानबिन समितिलगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।

सोमबार काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाहले गिरीबन्धु टी-स्टेटमा भ्रष्टाचार भएको भन्दै अध्यक्ष ओलीको नाममा मुछेका थिए ।

जारी तीन नेताको बैठकमा सो विषयमा पनि छलफल हुनसक्ने बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved