काठमाडौं । नेकपा एमालेका सांसद तारा लामा तामाङले कञ्चनपुरका उखु किसानहरूलाई अनुदान रकम उपलब्ध गराउन माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद तामाङले सरकारले उपलब्ध गराउँदै आएको प्रतिक्विन्टल ७० रूपैयाँ अनुदान रकम किसानहरूलाई दिन सभामुख देवराज घिमिरेमार्फत् सरकारसँग माग गरेका हुन् ।
‘…कञ्चनपुरका करिब ४४७ जना उखु किसानहरूको अनुदान रकम छुट भएपछि, जिल्ला उखु अनुदान भुक्तानी समितीले २०८० भाद्र महिनादेखि नेपाल सरकारलाई उखुको अनुदान रकम भुक्तानीको लागि माग गर्दै आएकोमा, भुक्तानी नभएपछि पुन: २०८१ वैशाख ४ गते भुक्तानी समितिको बैठकमार्फत् नेपाल सरकारमा माग गर्दै आएको छु’ उनले भने ।
तामाङले हालसम्म पनि अनुदान रकम भुक्तानी नभएकोले यथाशिघ्र उखु किसानहरूलाई उपलब्ध गराउन माग गरे । उनी कञ्चनपुर-१ बाट प्रत्यक्ष निर्वाचित सांसद हुन् ।
Facebook Comment
Comment