साँझमा कस्ता व्यक्तिले चिया पिउनु हुँदैन ?

नेपालभ्युज

साँझमा कस्ता व्यक्तिले चिया पिउनु हुँदैन ?

एजेन्सी । हाम्रो घर परिवार समाज जहाँ पनि चिया पिउन एकदमै मन पराइन्छ । प्राय बिहान र साँझको चिया पिउनु अनिवार्य जस्तै हुन्छ । तर के तपाईंलाई थाहा छ ? केही व्यक्तिहरुका लागि साँझको चिया पिउनु स्वास्थ्यका लागि एकदमै धेरै नोक्सानदायक हुन सक्छ । आखिर कस्ता व्यक्तिले साँझमा चिया पिउनु हुँदैन ? विस्तारमा जानौं–

डाक्टर तथा विशेषज्ञको भनाईअनुसार अनिद्राको शिकार र अत्यधिक तौल भएका व्यक्तिले चियाको सेवन गर्नु नै हानिकारक हुन्छ । क्याफिनको सेवनले यस्तो समस्यालाई अझै बढाउने काम गर्छ । यस्तोमा अधिक चिया सेवन गर्नबाट बच्नुपर्छ ।

यदी तपाईंलाई अनिद्राको समस्या छ भने साँझको समयमा चिया पिउनबाट बच्नुहोस् । क्याफिनको कारणले तपाईंलाई निद्रा नलाग्ने समस्या झनै बढ्न सक्छ । साथमा यसले तनाव पनि बढाउन सक्छ ।

यदी तपाईंको तौल ज्यादा छ भने पनि साँझको चिया नपिउनुहोस् । चियाको अत्यधिक सेवनले तौललाई तीव्र गतिमा बढाउने काम गर्छ ।

यदी तपाईंलाई चिलाउने तथा र्‍यासेजको समस्या छ भने पनि साँझको चिया नपिउनुहोस् । चिया पिउँदा यस्तो समस्या अझै बढ्ने तथा फैलने समस्या हुन्छ ।

तपाईंलाई वात यानिकी एसिडिटीको समस्या छ भने पनि विशेषगरी साँझको चिया नपिउनुहोस् । चियामा भएको क्याफिनले वातलाई बढाउँछ जसले गर्दा तपाईंलाई अन्य समस्याहरु पनि हुन थाल्छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved