दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ३१ करोड 

नेपालभ्युज

दोहोरो अंकले बढ्यो नेप्से, कारोबार रकम ४ अर्ब ३१ करोड 
प्रतीकात्मक तस्वीर

काठमाडौं । साताको कारोबारको पहिलो दिन आज नेप्से दोहोरो अंकले बढेर बन्द भएको छ । आज नेप्से परिसूचक १३ दशमलव ५१ अंकले बढेर २०८३ दशमलव ०४ को विन्दुमा पुगेको छ ।

आइतबार ३२५ कम्पनीका ६५ हजार ६ सय ५४ पटकको कारोबारमा ९६ लाख ९७ हजार २०६ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम ४ अर्ब ३१ करोड १० लाख १५ हजार ६ सय २९ रुपैयाँ रहेको छ ।

त्यस्तै, आज क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४५ अंकले बढेर ३७१ दशमलव ६५ को विन्दुमा पुगेको छ । आज १३ उपसमूहमध्ये तीन वटा उपसमूह घटेको छ भने १० वटा बढेको छ । सर्वाधिक बढ्नेमा ट्रेडिङ इन्डेक्स रहेको छ । जुन १८० दशमलव ३६ अंकले बढेको छ ।

त्यस्तै, बीमा कम्पनी १८ दशमलव ६०, बैंक १२ दशमलव ४६, होटेल र पर्यटन २४ दशमलव ६० अंकले बढेको छ । आइतबार निर्माण कम्पनीहरूले १६२ दशमलव ३९ अंक गुमाएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved