उद्घाटन खेलमा अमेरिकाको शानदार जित, क्यानडा ७ विकेटले पराजित

नेपालभ्युज

उद्घाटन खेलमा अमेरिकाको शानदार जित, क्यानडा ७ विकेटले पराजित

काठमाडौं। आइसीसी टी–२० विश्वकपको पहिलो खेलमा आयोजक अमेरिकाले विजयी शुरुवात गरेको छ । आइतबार बिहान सम्पन्न उद्घाटन खेलमा अमेरिकाले क्यानडालाई ७ विकेटले पराजित गरेको हो ।

क्यानडाले दिएको १९५ रनको लक्ष्य पछाएको अमेरिकाले १७ दशमलव ४ ओभरमा ३ विकेट गुमाउदै लक्ष्य पूरा गरेको हो । अमेरिकाका लागि एरोन जोन्सले अविजित ९४ र आद्रिज गोउसले ६५ रन बनाए ।

यस अघि टस हारेर पहिला ब्याटिङ गरेको क्यानडाले २० ओभरमा ५ विकेट गुमाउदै १९४ रन बनाएको थियो ।

जितपछि समुह ए मा रहेको अमेरिकाले २ अंक हासिल गरेको छ । अब अमेरिकाले दोस्रो खेल जुन ६ मा पाकिस्तानविरुद्ध खेल्ने छ भने क्यानडाले दोस्रो खेल जुन ७ मा आयरल्याण्डविरुद्ध खेल्ने तालिका छ ।

आजै हुने अर्को खेलमा वेस्ट इन्डिजले पपूवा न्यूगिनीसँग बेलुकी सवा ८ बजे प्रोभिडेन्स स्टेडियममा खेल्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved