अमेरिकालाई क्यानडाको १ सय ९५ रनको लक्ष्य

नेपालभ्युज

अमेरिकालाई क्यानडाको १ सय ९५ रनको लक्ष्य

काठमाडौं । आइसीसी टी २० विश्वकपको पहिलो खेलमा क्यानडाले अमेरिकालाई १९५ रनको लक्ष्य प्रस्तुत गरेको छ ।

अमेरिकाको डालसस्थित ग्राण्ड प्रेरी क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको क्यानडाले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १९४ रन बनाएको थियो । क्यानडाका लागि नवनित धलिवालले सर्वाधिक ६१ रन जोडे ।

निकोलस किर्तोनले ५१, आरोन जोनसनले २३, पर्गत सिंहले ५, दिलप्रीत बाज्वाले ५,श्रेयास मोभ्भाले ३२ र डिलोन हेलिगरले १ रन बनाएका थिए । बलिङमा अमेरिकाका अलि खान, हर्मित सिंह र कोरे एण्डरसनले एक – एक विकेट लिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved