विश्वकपको अभ्यास खेलमा भारतसँग बंगलादेश ६० रनले पराजित

नेपालभ्युज

विश्वकपको अभ्यास खेलमा भारतसँग बंगलादेश ६० रनले पराजित

काठमाडौं । आइसिसी टी–२० विश्वकपको अन्तिम अभ्यास खेलमा भारतले बंगलादेशलाई ६० रनले हराएको छ ।

गएराति सम्पन्न खेलमा पहिला ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा ५ विकेट गुमाएर १ सय ८२ रन बनाएको थियो ।

१ सय ८३ रनको विजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको बंगलादेले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १२२ रन मात्र बनाउन सक्यो । विश्वकपमा भारतले आफ्नो पहिलो खेल बुधबार आयरल्याण्डविरुद्ध खेल्ने छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved