आईसीसी टी–२० विश्वकप आजदेखि सुरु, अमेरिकाले क्यानडाविरुद्ध बलिङ् गर्दै

नेपालभ्युज

आईसीसी टी–२० विश्वकप आजदेखि सुरु, अमेरिकाले क्यानडाविरुद्ध बलिङ् गर्दै

काठमाडौं । अमेरिकामा आजदेखि आईसीसी टी–२० विश्वकप सुरु हुँदैछ । वेस्ट इन्डिज र अमेरिकामा हुने प्रतियोगिता एक महिनासम्म चल्नेछ । उद्घाटन खेलमा आयोजक अमेरिका र क्यानडा खेल्नेछन् ।

खेल नेपाली समय अनुसार सवा ६ बजे डलासमा सुरु हुनेछ । अमेरिकाले टस जितेर बलिङ गर्ने भएको छ । टस हारेको क्यानडाले ब्याटिङ गर्नेछ । अमेरिकाले पहिलो पटक विश्वकप आयोजनाको मौका पाएको हो । वेस्ट इन्डिजले भने दोस्रोपटक विश्वकप आयोजना गर्न लागेको हो ।

प्रतियोगिताको इंग्ल्याण्ड साविक विजेता टोलीको हो । प्रतियोगितामा पहिलोपटक २० टोलीले प्रतिस्पर्धा गर्दैछन्। पछिल्लो संस्करणमा १६ टोलीको मात्र सहभागिता रहेको प्रतियोगितामा यसपटक ४ टोली थपेर २० टोलीमा पुर्याइएको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved