कोशी र गण्डकीमा वर्षा, पश्चिमका केही भेगमा हावाहुरी

नेपालभ्युज

कोशी र गण्डकीमा वर्षा, पश्चिमका केही भेगमा हावाहुरी
फाइल तस्वीर

काठमाडौं । नेपालको मौसममा अहिले स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेश सम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव रहेको छ ।

हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी र गण्डकी प्रदेशको एक–दुई स्थानमा मेघगर्जनसहित हल्का वर्षा भैरहेको छ । आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहने छ ।

कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी भू–भागका एक–दुई स्थानमा मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

गण्डकी तथा लुम्बिनी प्रदेशका एक–दुइ स्थानमा हावाहुरीको पनि सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ । आज राती कोशी, मधेश र बाग्मती प्रदेश लगायत देशका पहाडी भू–भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू–भागको मौसम मुख्यतया सफा रहने महाशाखाको अनुमान छ ।

कोशी, मधेश र बागमती प्रदेशको केही स्थानमा भने मेघगर्जनसहित हल्का देखि मध्यम वर्षाको सम्भावना छ ।

काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम १९ दशमलव २ डिग्री मापन गरिएको छ भने अधिकतम तापक्रम ३२ डिग्रीसम्म पुग्ने अनुमान गरिएको छ । पछिल्लो २४ घण्टामा सबैभन्दा धेरै पोखरामा २४ मिलिमिटर वर्षा भएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved