एजेन्सी । ‘सौना बाथ’ लिनु शरीरका लागि एकदमै फाइदाजनक हुन्छ । यसले तनाव तथा मुटुसँग जोडिएका समस्या ठिक गर्दछ ।
सौना बाथ एकप्रकारको तातो बाफमा नुहाउने प्रक्रिया हो जो काठले बनेको कोठामा गरिन्छ । यसबाट विभिन्न लाभ पाउन सकिन्छ । यसबारेमा जानौं–
सौना बाथ मुटुका लागि फाइदाजनक छ । समय समयमा यो बाथ लिँदा रक्तचाप नियन्त्रणमा रहन्छ । जसले गर्दा शरीरको रक्तसञ्चार प्रक्रिया राम्रो हुन्छ ।
सौना बाथ लिँदा तनाव कम हुन्छ । यसले शरीरमा कोर्टिसोलको मात्रा पनि कम हुन्छ जसले गर्दा तपाईंलाई राम्रो निद्रा लाग्छ ।
सौना बाथ मांसपेशीहरुको दुखाईका लागि पनि एकदमै राम्रो मानिन्छ । यो लिँदा मांसपेशीहरुको दुखाई पनि कम हुन्छ ।
सौना बाथले शरीर तथा छालालाई डिटक्सीफाई गर्दछ । यसले शरीरमा भएका फोहोर फालेर छालामा नयाँ चमक ल्याउँछ ।
नियमित रुपमा सौना बाथ लिँदा रोग प्रतिरोधात्मक क्षमता बलियो हुन्छ । जसले गर्दा तपाईंलाई सहजै रोगले आक्रमण गर्न सक्दैन ।
Facebook Comment
Comment