मनसुन भित्रँदै, काठमाडौंमा हावाहुरीसहित वर्षा

नेपालभ्युज

मनसुन भित्रँदै, काठमाडौंमा हावाहुरीसहित वर्षा

काठमाडौं । काठमाडौं उपत्यकामा हावाहुरीसहित वर्षा भइरहेको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मौसम प्रणाली ‘मनसुन’ नेपाल भित्रिन लागेकोले वर्षा भएको हो । उपत्यकाभन्दा बाहिर पनि वर्षा भइरहेको छ ।

नेपालको पूर्वी क्षेत्रबाट आगामी १० दिनमा मनसुन भित्रिने

विभागले मनसुन भारतको सिक्किममा आइपुगेको र केही दिनभित्र पूर्वी क्षेत्रबाट नेपाल प्रवेश गर्ने जनाएको छ ।

यस वर्षको मनसुन भारतको उत्तर-पूर्व, बंगलादेश, भुटान हुँदै आज सिक्किमसम्म आइपुगेको हो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved