जसपा नेपालमा उम्मेदवारको दस्तुर निर्धारण

नेपालभ्युज

जसपा नेपालमा उम्मेदवारको दस्तुर निर्धारण
फाइल तस्वीर

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको प्रथम राष्ट्रिय महाधिवेशनमा केन्द्रीय समितिका पदाधिकारी तथा सदस्यहरूको उम्मेदवारीका लागि दस्तुर निर्धारण गरिएको छ ।

केन्द्रीय निर्वाचन समितिले तयार पारेको महाधिवेशन निर्वाचन निर्देशिकामा सदस्य तथा पदाधिकारी पदका उम्मेदवारका लागि दस्तुर तोकिएको हो ।

केन्द्रीय प्रकाशन तथा प्रचार प्रसार विभाग प्रमुख पूर्ण बस्नेतका अनुसार अध्यक्ष, सहअध्यक्ष र उपाध्यक्ष पदको उम्मेदवारलाई सात हजार रूपैयाँ दस्तुर तोकिएको छ ।

यस्तै, केन्द्रीय सदस्यमा उम्मेदवार हुन २ हजार तिर्नुपर्नेछ ।

जसपा नेपालको राष्ट्रिय महाधिवेशन जेठ २८ देखि ३० गतेसम्म जनकपुरमा हुँदैछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved