सासू आमासँग यसरी बढाउनुहोस् प्रेम

नेपालभ्युज

सासू आमासँग यसरी बढाउनुहोस् प्रेम

एजेन्सी । त्यसो त सासु र बुहारीको सम्बन्धलाई समाजमा त्यति राम्रो मानिँदैन । यसमा मेलमिलाप भन्दा झगडा धेरै हुने मान्यता छ । यस्तो देखिन्छ पनि । तर, अहिले समय परिवर्तन हुँदै गइरहेको छ ।

अहिलेका सासुहरु पनि पुरानो सोंच त्यागेर अगाडि बढिरहेका छन् । यस्तोमा तपाईंले आफ्नो सासुसँग राम्रो सम्बन्ध बनाईराख्नुभयो भने सानातिना घरेलु समस्या आउँदैनन् ।

सासुबुहारीको सम्बन्धलाई सजिलै पनि सुन्दर बनाउन सकिन्छ । राम्रो सम्बन्ध बनाउन आफ्नो व्यवहारमा ध्यान दिनुहोस् र उनीहरुको आदर तथा सम्मान गर्नुहोस् ।

उनीहरुको समस्यालाई बुझ्ने कोसिस गर्नुहोस् र अगाडि गएर सहयोग गर्नुहोस् । साथीत्वको हात बढाउनुहोस्, कहिलेकाँही साथमा फिल्म हेर्न जानुहोस् र घुम्ने तथा किनमेल गर्न जानुहोस् ।

रमाइलो समय बिताइरहँदा पनि सामेल गर्नुहोस् र कहिलेकाँही सासुलाई विशेष खालको अनुभूति पनि गराउनुहोस् ।

कसैसँग आफ्नो सासुको कुरा काट्नबाट बच्नुहोस् । अझ राम्रो सम्बन्ध बनाउनका लागि कुनै समस्यामा सासुसँग सहयोग माग्नुहोस् ।

आफूले सबै कुरा राम्रो गरिसकेपछि कोही पनि त्यस्तो मान्छे हुँदैन जो बुहारी भनेर तपाईंलाई गलत व्यवहार गरोस् । सासुबुहारी भए पनि आमाछोरी जसरी बस्ने कोसिस गर्नुहोस् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved