कारमा कतै घुम्ने योजना बनाउनुभएको छ भने ध्यान दिनुपर्ने कुरा

नेपालभ्युज

कारमा कतै घुम्ने योजना बनाउनुभएको छ भने ध्यान दिनुपर्ने कुरा

एजेन्सी । हिजोआज घुम्ने चलन एकदमै बढ्दै गइरहेको छ । यो तपाईंको मानसिक स्वास्थ्यका लागि पनि जरूरी छ । समय समयमा घुमफिर गर्दा दिमाग फ्रेस हुन्छ र शरीरमा पनि ऊर्जा आउँछ ।

तर, यदी तपाईंसँग कार छ र कारमै घुम्ने योजना बनाइरहनु भएको छ भने केही कुराहरूको ध्यान दिनुपर्ने हुन्छ । कारमा घुम्ने योजना बनाइरहेका लागि केही टिप्स हामीले लिएर आएका छौं-

कारलाई चेक गर्ने

कारलाई ट्रिपमा लग्नु अघि एकपटक यसलाई चेकजाँच गर्नुहोस् । यसलाई तपाईं मेकानिक कहाँ पनि देखाउन सक्नुहुन्छ । यसो गर्दा बाटोमा कुनै समस्या आउने छैन ।

फर्स्ट एड किट राख्ने

कुनै पनि मौसममा कारमा यात्रा गर्नका लागि समयमै फर्स्ट एड किट साथमा राख्नुपर्दछ । यसमा आवश्यक औषधीहरू ज्वरो, रूघाखोकी, पेट दुख्ने, पखाला आदि औषधीहरू राख्नुपर्छ ।

धेरै सामान नलाने

यदि तपाईं लामो यात्रामा जान चाहिरहनुभएको छ भने कम भन्दा कम सामानहरू राख्नुहोस् । धेरै सामानले कारमा लोड धेरै पर्न पनि सक्छ । यदी तपाईं घुम्ने स्थानहरूमै किनमेलको योजना बनाउनुभयो भने सामान राख्नका लागि स्थान नहुन सक्छ ।

लामो समय कार नचलाउने

यदि तपाईं लामो सफरका लागि गइरहनुभएको छ भने लामो समय एक्लै ड्राइभिंग नगर्नुहोस् । साथीहरूसँग गइरहनुभएको छ भने आलोपालो गाडी चलाउने गरी साथी लग्नुहोस् । लामो समय एक्लै गाडी चलाउँदा बिरामी परेर घुम्न रमाइलो गर्न आनन्द नआउनसक्छ ।

कारको सर्भिसिङ

यदि तपाईं साथीहरूसँग लामो यात्राको योजना बनाइरहनु भएकाे छ भने हिँड्नुअघि कारको सर्भिसिङ अवश्य गर्नुहोस् । यसरी बाटोमा कुनै पनि प्रकारको गाडीमा समस्या आउने डर हुँदैन ।

खानाको सामान

तपाईं आफ्नै कारमा यात्रा गर्दा खानेकुराहरू पनि आफूसँगै राख्दा घुमफिरमा अझै रमाइलो हुन्छ । यसले तपाईं जहाँ पनि गाडी रोकेर घुम्न तथा खान सक्नुहुन्छ । कतिपय लामो बाटोमा होटल तथा खाने स्थान नभेटिन सक्छ । यस्तोमा तपाईंले बोकेको खानेकुरा काम आउँछ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved