एजेन्सी । बिहानको चियासँग पत्रिका पढ्नुको मजा नै बेग्लै हुन्छ । तर, पत्रिका पुरानो हुँदै गएपछि कोठामा यताउता फालिन्छ ।
पुरानो पत्रिकालाई घरका काममा प्रयोग गर्न सकिन्छ । आज हामी पुरानो पत्रिकालाई कसरी घरको काममा प्रयोग गर्ने भनेर बताउनेछौं ।
घरमा भएका पुराना पत्रिकाको सहयोगले सिसा पुछ्न सकिन्छ । यसका लागि पहिला सिसामा पानी स्प्रे गर्नुहोस् र यसलाई पत्रिकाको सहयोगले घोटेर सफा गर्नुहोस् ।
पुरानो पत्रिकाको सहयोगले टायल पनि सफा गर्न सकिन्छ । यसका लागि सफा गर्ने लिक्विड पानी टायलमा राख्नुहोस् र पत्रिकाले घोटेर सफा गर्नुहोस् ।
यसरी नै तपाईं पत्रिकालाई साडी वा कुर्ता पट्याएर राख्न पनि प्रयोग गर्न सक्नुहुन्छ । एकमाथि अर्को कढाई भएको कपडा राख्दा एकअर्कामा अल्झिन सक्छ, जसले गर्दा तपाईं बीच बीचमा पत्रिका राख्न सक्नुहुन्छ ।
पुरानो पत्रिकाको सहयोगले फ्रिजबाट आइरहेको दुर्गन्ध पनि हटाउन सकिन्छ । यसका लागि पत्रिकालाई हल्का पानी राखेर यसको डल्लो तयार गर्नुहोस् र उक्त डल्लोलाई फ्रिजमा राख्नुहोस् ।
फलफूल राख्ने भाँडोमा पत्रिका बिछ्याउँदा छिटो बिग्रँदैन । यसरी फलफूल फ्रेस र ताजा रहिरहन्छन् ।
Facebook Comment
Comment