सन्दीपलाई भिसा दिने विषय अमेरिकाको हो, सरकारको पहल जारी छ : मन्त्री शर्मा

नेपालभ्युज

सन्दीपलाई भिसा दिने विषय अमेरिकाको हो, सरकारको पहल जारी छ : मन्त्री शर्मा

काठमाडौं । सरकारले क्रिकेटर सन्दीप लामिछानेलाई विश्वकप खेलाउन अमेरिका पाउने प्रयास जारी रहेको बताएको छ ।

शुक्रबार मन्त्रिपरिषद् बैठकको निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलन सरकारकी प्रवक्ता एवं सञ्चारमन्त्री रेखा शर्माले यस्तो बताएकी हुन् ।

सरकारले सक्दो पहल गर्दा पनि अमेरिकाले भिसा नदिएको मन्त्री शर्माले बताइन् । तर, सरकारले पहल जारी राखेको जानकारी दिइन् ।

शर्माले भनिन्, ‘सन्दीप लामिछानेलाई भिसा दिलाउन सरकारले पहल प्रयत्न गर्‍यो । अब अमेरिकाले भिसा दिएन । भिसा दिनु नदिनु उसको आफ्नो देशको कुरा पर्‍यो । यसमा सरकारको पहलकदमीको कुरा आफ्नो ठाउँमा छँदै छ ।’

भिसा किन दिएन भनेर हामीले उत्तर दिने कुरा नभएको उनको भनाइ छ ।

लामिछानेले तीन पटक अन्तर्वार्ता दिँदा पनि दूतावासले भिसा दिन अस्वीकार गरेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved