सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता

नेपालभ्युज

सिंहदरबारमा प्रचण्ड, ओली र नेपालबीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा तीन नेताबीच भेटवार्ता भएको हो । अध्यक्ष नेपालले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेससहितका दलहरुसँग छलफल गरेपछि उनीहरूबीच भेटवार्ता भएको हो ।

भेटमा समसामयिक विषयमा छलफल भएको अध्यक्ष ओलीले बताए । भेटपछि सञ्चारकर्मीसँगको कुराकानीमा उनले भने, ‘समसामयिक विषयमा छलफल भएको छ ।’

माधव नेपाल अहिलेको गठबन्धनसँग असन्तुष्ट रहेको खबर आइरहँदा तीन नेताबीचको भेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ । भेटमा मधेस प्रदेशको सरकार  गठनबारे समेत छलफल भएको बताइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved