काठमाडौं । यो साता सेयर बजारले ओरालो यात्रा गरिरहेको छ । अघिल्लो साता निरन्तर उकालो चढिरहेको बजार यो साता भने कारोबारको पहिलो दिनदेखि नै ओरालो लाग्न थालेको छ ।
कारोबारको दोस्रो दिनपश्चात् सरकारले आगामी आव २०८१/८२ का लागि बजेट प्रस्तुत गरेको थियो । विभिन्न क्षेत्रमा अर्बौ रकम छुट्टाएको बजेटले सेयर बजारका लगानीकर्तामा भने निराशा छाएको पछिल्ला प्रतिक्रियाले देखाएको छ ।
लगातार दुई दिनदेखि घटिरहेको बजारलाई मंगलबार प्रस्तुत भएको बजेटले सम्हाल्ने धेरैले अनुमान लगाएका थिए । यद्यपि, सो अनुमान सार्थक भएन । बजेट प्रस्तुत भएको भोलिपल्टै नेप्सेमा पहिरो गयो ।
यो साता २१३१ दशमलव ४९ को बिन्दुबाट कारोबार सुरु गरेको बजार २०६९ दशमलव ५३ को बिन्दुमा पुगेर बन्द भएको छ । यसर्थ, यो साता बजार ६१ दशमलव ५३ अंकले घटेको छ ।
निर्माण कम्पनीहरूमा लगानीकर्ता झुम्मिँदा सबैभन्दा धेरै बीमा र निर्जीवन कम्पनीका लगानीकर्ताहरूले गुमाएका छन् भने, १७ अर्ब १२ करोड ७८ लाख ६ हजार बराबरको कुल कारोबार भएको छ ।
गत साता २०१८ दशमलव ७६ को बिन्दुबाट कारोबार सुरु गरेको बजारले कारोबारको अन्तिम दिनसम्म आइपुग्दा २१३१ दशमलव ४९ को बिन्दुमा पुगेर बन्द भएको थियो । समग्रमा गत साता बजार ११२ दशमलव ७२ को अन्तरले बढेको थियो ।
त्यसैगरी, कारोबार समीक्षा अवधिभर बजारले २१ अर्ब ९९ करोड ९२ लाख ६८ हजार रुपैयाँ बराबरको कारोबार गरेको थियो । माइक्रो फाइनान्स कम्पनीहरूमा लगानीकर्ताले रुचि देखाएका थिए भने सर्वाधिक कम कारोबार हुने क्षेत्रमा कर्पोरेट डिभेन्चर रहेको थियो ।
यसर्थ, गत साताको भन्दा यो साताको कारोबार रकम झन्डै ५ अर्बले घटेको छ । कारोबारको पहिलो दिन नेप्से परिसूचक २२ दशमलव १४ अंकले घटेर २१०९ दशमलव ३४ को बिन्दुमा पुगेको थियो । त्यस्तै, ४ अर्ब ४४ करोड १५ लाख ३८ हजार ४ सय ७१ रुपैयाँको मात्रै कारोबार भएको थियो ।
१३ वटा उपसमूहमध्ये दुई वटा बढ्दा ११ वटा घटेको थियो । सबैभन्दा धेरै घट्नेमा निर्जीवन बीमा कम्पनी रहेको थियो । जसको परिसूचक १११ दशमलव ४० अंकले घटेको थियो । त्यस्तै, आइतबार होटेल एन्ड पर्यटनमा लगानीकर्ता झुम्मिएका थिए । जुन १७७ दशमलव ६४ अंकले बढेको थियो ।
साताको कारोबारको दोस्रो दिन नेप्से परिसूचक ३ दशमलव ९३ अंकले बढेर २११३ दशमलव २७ को बिन्दुमा पुगेको थियो । सोमबार ३१७ कम्पनीका ५८ हजार ४ सय ८३ पटकको कारोबारमा ९३ लाख ३० हजार २ सय ९५ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम भने ३ अर्ब ८९ लाख ३७ हजार ६४ हजार १ सय ४३ रुपैयाँ रहेको थियो । सोमबार निर्माण तथा प्रशोधनमा लगानीकर्ता झुम्मिएका थिए, जुन ५० दशमलव ७२ अंकले बढेको थियो भने, होटेल र पर्यटन सोमबार २६ दशमलव ७२ अंकले घटेको थियो ।
नयाँ बजेट प्रस्तुत भएको भोलिपल्टै सेयर बजारमा पहिरो गएको थियो । कारोबारको तेस्रो दिन नेप्से परिसूचक २३ दशमलव ८१ अंकले घटेर २०८९ दशमलव ४२ को बिन्दुमा पुगेको थियो । ४ अर्ब ५७ करोड ५० लाख ६३ हजार २ सय ७४ रुपैयाँको कारोबार भएको थियो ।
त्यस्तै, १३ उपसमूहमध्ये ४ वटाको परिसूचक बढेको थियो भने ८ वटा घटेको थियो, साथै म्युचुअल फण्ड स्थिर रहेको थियो । निर्माण समूहको परिसूचक १७४ दशमलव ०१ अंकले बढ्दा होटेल र टुरिजमको ६१ दशमलव ७५ अंकले बढेको थियो । जीवन बीमा कम्पनीले १३४ दशमलव ६४ अंक गुमाउँदा निर्जीवन कम्पनीले १०४ दशमलव ६२ अंक गुमाएको थियो ।
साताको कारोबारको अन्तिम दिन नेप्से १९ दशमलव ८९ अंकले घटेर २०६९ दशमलव ५३ को बिन्दुमा पुगेको थियो । ३११ कम्पनीका ६१ हजार ७२ पटकको कारोबारमा ९८ लाख ६४ हजार ४ सय ४२ कित्ता सेयर खरिद बिक्री भएको थियो ।
जसमा कारोबार रकम भने ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १ सय ९५ रुपैयाँ रहेको थियो । बिहीबार १३ उपसमूहमध्ये १० वटा घटेर राताम्मे भएका थिए भने ३ वटा बढेका थिए । जसमा सबैभन्दा धेरै होटेल एन्ड टुरिजम १३९ दशमलव १३ अंकले घटेको थियो । त्यस्तै, निर्माण कम्पनी ८२ दशमलव ५८ अंकले बढेको थियो ।
Facebook Comment
Comment