जब डैनीले सबैका अगाडि सलमानलाई गाली गरेका थिए

नेपालभ्युज

जब डैनीले सबैका अगाडि सलमानलाई गाली गरेका थिए

एजेन्सी । डैनी डेंजोंग्पाको अहिलेसम्मको बलिउडको सफर एकदमै शानदार रह्यो । कलिउडमा सुरुआत गरेका डैनी बलिउडमा गएर चम्किए । उनलाई पछिल्लोपटक अमिताभ बच्चनसँग फिल्म ‘ऊँचाई’ मा देखिएको थियो ।

आज हामी डैनी र सलमान खानसँग जोडिएको एउटा साँचो घटनाको बारेमा बताउन गइरहेका छौं ।

सलमान जब फिल्म उद्योगका सुरुआती दिनमा थिए त्यतिबेला डैनीले भने सयौं फिल्ममा अभिनय गरिसकेका थिए । स्वाभाविक रुपले डैनी सलमानभन्दा अग्रज थिए ।

सलमान–डैनीले सन् १९९१ मा आएको फिल्म ‘सनम बेवफा’ मा सँगै काम गरिरहेका थिए । फिल्मको शुटिंग चलिरहेको बेला डैनी सेटमा समयमै पुगिसकेका थिए । सेटमा उनी सलमान खानलाई पर्खेर बसिरहेका थिए ।

जब सलमान सेटमा पुगे तब डैनीले सबैका अगाडि सलमानलाई गाली गरे । त्यतिबेला सलमान जुनियर कलाकार थिए र उनले लज्जा अनुभूति गर्दै सुटिंगका लागि तयार भएका थिए ।

स्पटमा ढिला आएका कारण डैनी रिसाएका थिए । यो रिस उनले सलमानमाथि पोखेका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved