एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना सार्वजनिक, घरमै बसेर विश्वकप हेर्न सकिने

नेपालभ्युज

एलजीको ‘खेल्छ नेपाल घर घरमा’ योजना सार्वजनिक, घरमै बसेर विश्वकप हेर्न सकिने

काठमाडौं । टि २० क्रिकेट वर्ल्डकप २०२४का सम्पूर्ण म्याचहरू एलजी टिभीबाट हेर्न सकिने भएको छ । ‘खेल्छ नेपाल घर घरमा’ योजना सार्वजनिक गर्दै एलजी टिभीले सम्पूर्ण म्याचहरू देखाउने जनाएको हो ।

यसपालि टि२० क्रिकेट वर्ल्डकप २०२४ अमेरिका र वेस्ट इन्डिजमा जेठ २० गते बाट सुरु हुँदैछ । जसमा नेपाल सन २०१४ पछी दोस्रो पटक भाग लिँदैछ । नेपाली क्रिकेट टिम यो केही समय देखी क्रीकेटमा उच्च अन्तर्राष्ट्रिय लेभलको गेम खेल्दै आइरहेको छ ।

यसपालि नेपाली टिमले टि२० क्रिकेट वर्ल्ड कपमा पनि उच्च प्रदर्शन गर्ने आशा गरिएको छ । नेपाली क्रिकेट टिमको र सम्पूर्ण वर्ल्ड कप म्याचहरू घरमै बसी बसी हेर्न मिल्नेछ । यस योजना अन्तर्गत ग्राहकहरुले एलजी टि.भी बाट घरमै स्टेडियम बराबरको मज्जा लिई आफ्नो नेपाली टिमलाई चियर गर्दै क्यासब्याक र उपहार पनि जित्न सक्नेछन् ।

योजना अनुसार कुनै पनि एलजी टि.भीको खरिदमा ४० प्रतिशतसम्मको नगद छुट र १ लाख रुपैयाँको व्यक्तिगत दुर्घटना बीमा उपलब्ध छ । साथै एलजी ओलेड टि.भी वा ८६ इन्चको टि.भी खरिदमा एलजी साउन्डबार एस एन फोर उपहार सित्तैमा पाइनेछ ।

कम्पनीका अनुसार ३२ इन्च देखी ८६ इन्च साइज सम्ममा उपलब्ध एलजीका टि।भीहरु ओलेड, क्युनेड, सुपर युएचडी, युएचडी र स्मार्ट क्याटागोरीमा नेपाली बजारमा उपलब्ध छन् । एलजीका क्युनेड टि.भी, यू क्यु र यू आर सिरिज अन्तर्गतका युएचडी टि.भीहरुमा ३ वर्षको फुल वारेन्टी रहेको छ ।

र कुनै पनि एलजी टि.भी को खरिदमा १ लाख रुपैयाँको दुर्घटना बीमा पनि प्राप्त गर्न सकिनेछ । ग्राहकहरूले यो बीमामार्फत संसारको कुनै पनि कुनामा भएको दुर्घटनाको क्षतिपूर्ति दाबी गर्न सक्नेछन् ।

यसका साथसाथै शून्य ५ ब्याजदरमा ईएमआइ, कुनै पनि ब्रान्डको पुरानो सामानसँग एलजीको सामान सँग साट्न सकिने एक्सचेन्ज अफर, एलजी लोयल्टी क्लब रिवार्ड, फ्री एलजी सर्टिफाईड इन्स्ट्लेसन र फ्री डेलिभरी पनि रहेको छ ।

यो योजना जेठ १७ गते देखी नेपाल अधिराज्यभरी सीमित अवधि को लागि लागू गरिएको छ । नेपाल अधिराज्यभर एलजी ब्रान्डको आधिकारिक बिक्रेता चौधरी ग्रुप अन्तर्गत सिजी इलेकट्रोनिक्स रहेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved