काठमाडौं । आईपीएल टीम रोयल च्यालेन्जर्स बैंगलोर (आरसीबी)बाट खेल्ने भारतीय ब्याट्सम्यान विराट कोहलीको आलोचना गरेको भन्दै न्यूजिल्याण्डका पूर्व फास्ट बलर साइमन डुलले आफूलाई ज्यान मार्ने धम्की आएको बताएका छन् ।
डूलले कमेन्टेटरका रूपमा विराट कोहलीको बारेमा हजारौं राम्रा कुरा भनेका छन् तर, आवश्यक पर्दा आलोचना पनि गर्ने गरेको बताए ।
आईपीएल २०२४ को सुरूमा डुलले कोहलीको स्ट्राइक रेटको आलोचना गर्दै उनी खुलेर खेल्न नसकेको बताएका थिए ।
क्रिकेट मिडिया प्लेटफर्म क्रिकबजमा आईपीएलको बारेमा छलफलको क्रममा दिनेश कार्तिकसँग कुरा गर्दा डुलले भने, ‘उनी एक महान खेलाडी हुन्, उसले मैदानमा अझ आक्रामक रूपमा खेल्नुपर्छ। जब मैले स्ट्राइक रेटको बारेमा कुरा गरें।’
‘उनले आउट हुनेबारे चिन्ता गर्नुपर्दैन। उहाँ एकदमै राम्रो खेलाडी हुनुहुन्छ भन्ने मेरो धारणा हो । मैले कोहलीको बारेमा हजारौं राम्रा कुराहरू भनेँ तर, यदि मैले एउटा कुरा भनें भने त्यो अलि नकारात्मक हुन सक्छ । नकारात्मक छ वा नकारात्मक रूपमा व्याख्या गर्न सकिन्छ, यसबीचमा मलाई ज्यान मार्ने धम्कीहरू प्राप्त भयो।’
कोहलीले यस सिजनको आईपीएलमा १५ खेलमा ७४१ रन बनाएर ओरेन्ज क्याप जितेका थिए ।
Facebook Comment
Comment