नेप्से दोहोरो अंकले घट्दा दश उपसमूह राताम्मे

नेपालभ्युज

नेप्से दोहोरो अंकले घट्दा दश उपसमूह राताम्मे

काठमाडौं । साताको कारोबारको अन्तिम दिन नेप्से दोहोरो अंकले घटेर बन्द भएको छ । नयाँ बजेट प्रस्तुत भएको भोलिबाटै घट्न सुरु भएको सेयर बजार परिसूचक कारोबारको अन्तिम दिन १९ दशमलव ८९ अंकले घटेर २०६९ दशमलव ५३ को विन्दुमा पुगेको छ ।

आज ३११ कम्पनीका ६१ हजार ०७२ पटकको कारोबारमा ९८ लाख ६४ हजार ४ सय ४२ कित्ता सेयर खरिद बिक्री भएको छ । जसमा कारोबार रकम भने ४ अर्ब २१ करोड ७४ लाख ९४ हजार १ सय ९५ रुपैयाँ रहेको छ ।

त्यस्तै, आ क वर्गको कम्पनीको मापक सेन्सेटिभ इन्डेक्स पनि ३ दशमलव ९० अंकले घटेर ३७० दशमलव १९ को विन्दुमा पुगेको छ । बिहीबार १३ उपसमूहमध्ये १० वटा घटेर राताम्मे भएका छन् भने ३ वटा बढेका छन् । जसमा सबैभन्दा धेरै होटेल एन्ड टुरिजम १३९ दशमलव १३ अंकले घटेको छ ।

जीवन बीमा ११५ दशमलव ५८ अंकले घटेको छ भने निर्जीवन बीमा ११४ दशमलव ९३ अंकले घटेको छ । त्यस्तै, आज निर्माण कम्पनी ८२ दशमलव ५८ अंकले बढेको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved