आफ्नै पूर्ववकिल रहेका न्यायाधीशको इजलासमा परेपछि रविविरूद्धको रिटको सुनुवाइ स्थगित

नेपालभ्युज

आफ्नै पूर्ववकिल रहेका न्यायाधीशको इजलासमा परेपछि रविविरूद्धको रिटको सुनुवाइ स्थगित

काठमाडौं । उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई निलम्बन माग गरिएको रिटमा आज पनि सुनुवाइ भएन । न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा पेशी तोकिएको रिट स्थगित भएको छ ।

उक्त मुद्दा आज तेस्रो नम्बरमा पेशी रहेको थियो । तर, निवेदकको तर्फबाट सुनुवाइ स्थगित गरिएको हो ।

बिहीबार पनि पोखरेलकै एकल इजलासमा पेशी तोकिएको थियो । न्यायाधीश पोखरेलले यसअघि लामिछानेका केही मुद्दामा कानुन व्यवसायीको रूपमा बहस गरेका थिए ।

सहकारी ठगी प्रकरणमा महान्यायाधिवक्ता कार्यालयले कुनै जिल्लामा अभियोग र अनुसन्धान नभएको भनी क्लिनचिटको अर्थ लगाउन मिल्ने पत्र दिएपछि त्यसविरूद्ध रिट दायर भएको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved