सिरोहियालाई वंशजको नागरिकता दिने सीडीओ र प्रतिलिपी दिने अधिकृतलाई पक्राउ गर्ने प्रहरीको तयारी

नेपालभ्युज

सिरोहियालाई वंशजको नागरिकता दिने सीडीओ र प्रतिलिपी दिने अधिकृतलाई पक्राउ गर्ने प्रहरीको तयारी

काठमाडौं । कान्तिपुर पब्लिकेसन्स्का अध्यक्ष कैलाश सिरोहियाको नागरिकता जारी गर्ने तत्कालिन दुई कर्मचारीलाई पक्राउ गर्ने तयारी गरिएको छ ।

सिरोहियाको नागरिकता जारी गर्ने तत्कालिन प्रमुख जिल्ला अधिकारी सीडीओ शरदकुमार भट्टराई र शाखा अधिकृत काशिराज दाहाललाई पक्राउ गर्ने तयारी भएको हो ।

सिरोहियाको नागरिकता सम्बन्धी थप अनुसन्धानका लागि प्रहरीले पक्राउ गर्ने अनुमति लिएको छ ।

वंशजको नागरिकता दिने तत्कालीन सीडीओ भट्टराई र प्रतिलिपि दिने शाखा अधिकृत दाहालविरुद्ध प्रहरीले जिल्ला अदालत धनुषाबाट पक्राउ पूर्जी लिइसकेको छ ।

२०३४ सालमा सिरोहियाले जिल्ला प्रशासन कार्यालयबाट नागरिकता लिएका थिए ।

उनका बुवा स्व. घासीराम मारवाडीको नागरिकता अंकिकृत थियो । तर सिरोहियालाई वंशजको नागरिकता जारी गरिएको अनुसन्धानबाट खुलेको छ ।

सिरोहियाको वंशज नागरिकता तत्कालिन प्रमुख जिल्ला अधिकारी शरदकुमार भट्टराईले जारी गरेका थिए ।

उनको पहिलो प्रतिलिपी भने तत्कालीन शाखा अधिकृत काशिराज दाहालले दिएका थिए ।

दुबै जनालाई हिरासतमा लिएर अनुसन्धान गर्नु पर्ने भन्दै अदालतबाट पक्राउ पूर्जी जारी भएको प्रहरी स्रोतको भनाई छ ।

सोही प्ररकरणमा पक्राउ परेका सिरोहिया भने हाजिर जमानीमा छुटिसकेका छन् ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved