फिल्ममा जड्याहाको भूमिका निभाए, असली जीवनमा पनि पिउन थाले रक्सी

नेपालभ्युज

फिल्ममा जड्याहाको भूमिका निभाए, असली जीवनमा पनि पिउन थाले रक्सी

एजेन्सी । बलिउडका एक त्यस्ता कलाकार जसलाई फिल्म हेरेपछि मानिस सिनेमाघरबाहिर आए पनि सम्झिरहन्थे ।

सन् २००५ मा उनले अभिनयको दुनियाँमा कदम राखे र थुप्रै फिल्महरुमा काम पनि गरे । सन् २००७ मा एउटा यस्तो भूमिका निर्वाह गरे त्यसपछि उनी नशाको लतमा डुब्न थाले ।

हामी कुरा गरिरहेका छौं, बलिउडका अभिनेता अभय देओलको ।

अभयले हिन्दीबाहेक कन्नड र तमिल फिल्महरुमा पनि काम गरेका छन् । देओल परिवारमा जन्मिएका अभयले आफ्नो करिअरमा केही त्यस्तो भूमिका निर्वाह गरेका छन् जो दर्शकको मन छुन सफल भयो ।

अहिले उनी अभिनयको दुनियाँमा त्यति क्रियाशील छैनन् ।

उनी हरेक फिल्ममा आफ्नो सतप्रतिशत दिनका लागि सम्पूर्ण मेहनत लगाउँथे । एकपटक उनको जीवनमा एउटा फिल्ममा गरेको पात्रमा यति धेरै डुबे कि फिल्म सकिएपछि पनि उनलाई त्यो पात्रले छोडेन ।

सन् २००७ मा आएको उनको फिल्म ‘देव डी’ का क्रममा उनलाई त्यस्तो भएको थियो ।

अनुराग कश्यपको निर्देशनमा बनेको फिल्म ‘देव डी’लाई धेरैले मन पराएका थिए । यस फिल्ममा अभय देओलको पात्रलाई आधुनिक देवदास बताइएको छ । यस फिल्म अभयले एउटा त्यस्तो पात्रको भूमिका निर्वाह गरेका थिए जसले आफ्नै जीवनमा नशाको लतमा डुबाइदियो ।

फिल्ममा अभयले त्यस्तो जड्याहाको भूमिका निर्वाह गरे जसले गर्दा उनी आफ्नो जीवनमा समेत मादक पदार्थ सेवन गर्न थाले ।

अभयले आफै एकपटक प्रमोशन कार्यक्रमका क्रममा यस कुराको खुलासा गरेका थिए ।

देव डीको उक्त पात्र उनको मनमस्तिष्कमा यति पसिसकेको थियो कि उनले हरेक दिन नशा सेवन गर्न थाले ।

कहिलेकाहीँ फाटेको कपडामा सडकमा पनि निस्किएका थिए । उनलाई यस्तो अवस्थाबाट बाहिर आउन पूरा एक वर्ष लागेको थियो ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved