सुरक्षण मुद्रण केन्द्रका पूर्व निर्देशक पौडेललाई थुनामा पठाउने आदेश

नेपालभ्युज

सुरक्षण मुद्रण केन्द्रका पूर्व निर्देशक पौडेललाई थुनामा पठाउने आदेश

काठमाडौं । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकल पौडेललाई थुनामा पठाउने आदेश गरेको छ । विशेष अदालतका न्यायाधीश खुसीप्रसाद थारु, तेजनारायणसिंह राई र मुरारीबाबु श्रेष्ठको बुधबारको इजलासले पौडेललाई थुनामा पठाउने आदेश गरेको हो ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानुनी सम्पत्ति आर्जन गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका पूर्व कार्यकारी निर्देशक विकललाई गत जेठ ९ गते पौडेलविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । रासस


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved