हाजिर जमानतमा छुटे कान्तिपुरका अध्यक्ष सिरोहिया

नेपालभ्युज

हाजिर जमानतमा छुटे कान्तिपुरका अध्यक्ष सिरोहिया

काठमाडौं । कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया ९ दिनपछि हिरासतमुक्त भएका छन् ।

धनुषा प्रहरीले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष सिरोहियालाई हाजिर जमानतमा छाडेको हो ।

सिरोहियालाई हाजिर जमानतमा छाडेको जिल्ला प्रहरी कार्यालय धनुषाका डीएसपी रञ्जन अवाले जानकारी दिए ।

उनका अनुसार सिरोहियाको स्वास्थ्य अवस्थालाई कारण देखाउँदै हिरासतमुक्त गरिएको हो ।

८ जेठमा पक्राउ परेर जिल्ला प्रहरी कार्यालय, धनुषाको हिरासतमा बसेका सिरोहियाको स्वास्थ्यमा समस्या देखिएपछि १२ जेठमा काव्य अस्पताल भर्ना गरिएको थियो ।

मुटुसम्बन्धी समस्या भएका उनलाई थप उपचारका लागि मंगलबार दिउँसो हेलिकप्टरबाट काठमाडौं ल्याइएको थियो ।

हाल उनको नेपाल मेडिसिटी अस्पतालको कोरोनरी केयर युनिट (सीसीयू) मा उपचार जारी  छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved