हान्सी फ्लिक बने बार्सिलोनाको नयाँ प्रशिक्षक

नेपालभ्युज

हान्सी फ्लिक बने बार्सिलोनाको नयाँ प्रशिक्षक

काठमाडौं । स्पेनिस क्लब बार्सिलोनाले नयाँ प्रशिक्षकमा हान्सी फ्लिकलाई नियुक्त गरेको छ ।

बार्सिलोनाले सामाजिक सञ्जालमार्फत् यसबारे जानकारी दिएको छ । फ्लिक बायर्न म्युनिखका पूर्व प्रशिक्षक हुन् ।

यसअघि बार्सिलोनाले गत हप्ता प्रशिक्षक जाभीलाई बर्खास्त गरेको थियो । क्लब फ्लिकसँग २ वर्षे सम्झौता गरेको बीबीसीले जनाएको छ ।

बार्सिलोनाले जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘टोलीले उच्च दबाब, तीव्र र साहसी खेल शैलीका लागि परिचित व्यक्तिलाई छनोट गरेको छ, जसले क्लब स्तर र अन्तर्राष्ट्रिय स्तरमा ठूलो सफलता ल्याएका छन्, फुटबलको संसारमा जित्न बाँकी सबै जितेका छन् ।’

फ्लिकले सन् २०२० मा बार्यनलाई ट्रेबल (बुन्डेजलिगा, जर्मन कप र च्याम्पियन्स लिग) जिताएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved