एजेन्सी । दिनको थकानपछि राम्रो निद्रा सबैलाई एकदमै आवश्यक हुन्छ । हरेक मानिसको सुत्ने आफ्नै तरिका हुन्छ । यसरी नै कतिपय व्यक्ति खुट्टा माथि राखेर सुत्ने गर्छन् । यसका पनि आफ्नै फाइदा छन् ।
खुट्टा माथि राखेर सुत्दा शरीरको रक्तसञ्चार राम्रो हुन्छ । यसले मुटुको स्वास्थ्यलाई पनि राम्रो बनाउँछ । यसरी सुत्दा शरीरको हरेक अंगमा रगत राम्रोसँग पुग्छ ।
यदि तपाईंको शरीरमा वा खुट्टा सुन्निने समस्या छ भने रातमा सुत्नेबेला खुट्टा माथि गरेर सुत्नुहोस् । यसरी सुन्निएको समस्या पनि कम हुन्छ ।
ढाड दुख्ने समस्या छ भने पनि तपाईं दुवै खुट्टा माथि गरेर सुत्नु पर्दछ । यसले ढाडमा हुने दुखाईबाट आराम मिल्छ ।
कुनै पनि मांसपेशीको दुखाई भइरहेको छ भने पनि खुट्टा माथि राखेर सुत्नु फाइदाजनक हुन्छ । यसरी सुत्ने पोजिशनले मांसपेशीको दुखाई र तनाव कम गर्छ ।
दिनभर हिँड्डुल गर्दा वा उभिँदा शरीरको सबैभन्दा दुख्ने भाग भनेको खुट्टा नै हुन्छ । जसले शरीरको सम्पूर्ण भार बोकिरहेको हुन्छ । यसरी खुट्टालाई सिरानीमाथि वा भित्तातिर माथि गरेर सुत्दा दुःखाईबाट छिटो राहत पाउन सकिन्छ ।
Facebook Comment
Comment