आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट, यस्ता छन् मुख्य केही कार्यक्रम

यो बजेट भाषणमा सरकारले केही नयाँ कार्यक्रम ल्याएको छ । बजेटमा केही नयाँ कार्यक्रम छन् । केही सुधारका कार्यक्रम छन् । निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम आएको हो । ती मध्ये २० कार्यक्रम यस्ता छन् ।

नेपालभ्युज

आगामी आर्थिक वर्षका लागि १८ खर्बको बजेट, यस्ता छन् मुख्य केही कार्यक्रम

काठमाडौं । आगामी आर्थिक वर्षका लागि सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट विनियोजन गरेको छ । जसअनुसार चालु खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१.३१ प्रतिशत), पुँजीगत खर्च ३ खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा ३ खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

यो बजेट भाषणमा सरकारले केही नयाँ कार्यक्रम ल्याएको छ । मंगलबार संसद्को दुवै सदनको बैठकमा अर्थमन्त्री वर्षमान पुनले ती कार्यक्रमहरू घोषणा गरेका हुन् ।
बजेटमा केही नयाँ कार्यक्रम छन् । केही सुधारका कार्यक्रम छन् । निजी क्षेत्रको लगानी प्रोत्साहन गर्ने गरी केही नयाँ कार्यक्रम आएको हो ।

ती मध्ये २० कार्यक्रम यस्ता छन् ।

आउँदो आर्थिक वर्षको बजेटमा मदिरा, बियर, सुर्तीमा अन्तःशुल्क बढाइएको छ । बियरमा हाल १ लिटर बराबर २३५ रुपैयाँ अन्तःशुल्क लाग्दै आएकोमा २४० रुपैयाँ पुर्‍याइएको छ । यस्तै चुरोटको अन्तःशुल्क ४ प्रतिशत बढाइएको छ ।

 

सरकारले नेपाली सेनाको बंकरदेखि ब्यारेकसम्म कार्यक्रमलाई साढे एक अर्ब बजेट विनियोजन गरेको छ । यो कार्यक्रमलाई एक अर्ब ५० करोड रुपैयाँ विनियोजन भएको छ । नेपाली सेनालाई प्रविधियुक्त, दक्ष एवं व्यावसायिक बनाइने अर्थमन्त्रीले बताए ।

 

सरकारले करिब २ लाख बेरोजगारी व्यक्तिलाई न्यूनतम १०० दिनको रोजगार प्रदान गर्ने घोषणा गरेको छ । अर्थमन्त्री वर्षमान पुनले यस कार्यक्रमका लागि ६ अर्ब बजेट विनियोजन गरिएको बताए ।

 

सरकारले आलु, प्याज र स्याउमा मूल्य अभिवृद्धि कर छुट गरेका छ । यस्तै मदिरा, बियर र सुर्ती र चुरोटमा अन्तःशुल्क कर बढाएको घोषणा भएको हो । औषधि, इन्डक्सन, काजु, बदाममा छुट सहुलियत पाएको घोषणा भएको छ ।

 

सरकारले पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाएको छ । कार्बन उत्सर्जन घटाउने अन्तर्राष्ट्रिय प्रतिवद्धताअनुरुप पेट्रोलियम पदार्थ र कोइलाको पैठारीमा हरित कर लगाइने अर्थमन्त्रीले बजेट भाषणमार्फत जानकारी दिए । हरित कर पनि थपिएसँगै पेट्रोलियम पदार्थको मूल्य वृद्धि हुने सम्भावना छ ।

 

सरकारले युवा तथा खेलकुद मन्त्रालयका लागि ३ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ । खेल क्षेत्रको बजेटमा धेरैजसो पुरानै योजना समेटिएका छन् । आउँदो आर्थिक वर्ष २०८१÷८२ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री पुनले दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न ६० करोड रुपैयाँ विनियोजन भएको जानकारी दिए ।

 

सरकारले सहकारीमा पाँच लाख रुपैयाँसम्म रकम बचत गरेर फिर्ता नपाएका बचतकर्ताको रकम फिर्ता गर्ने घोषणा गरेको छ । सहकारीको व्यवस्थापनका लागि नियमनकारी निकाय स्थापना गर्ने पनि बजेटमा छ ।

 

सरकारले पाँच लाख भूमिहीनलाई जग्गाधनी पुर्जा उपलब्ध गराउने पनि घोषणा गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको आउँदो आर्थिक वर्षको बजेट ६ अर्ब ८२ करोड रुपैयाँ रहेको छ ।

 

सरकारले भाषा, साहित्य, दर्शन, संस्कृति, कला, सङ्गीत, नाटक लगायतका अमूर्त सांस्कृतिक क्षेत्रको विकास र प्रवर्द्धन गर्ने घोषणा गरेको छ । प्रतिलिपि अधिकारको संरक्षण र नियमन गर्ने पनि अर्थमन्त्रीले बताए । सनातन धर्म, संस्कृतिका अन्तर्राष्ट्रियकरण सभा र सम्मेलन आयोजना गर्न प्रोत्साहन गरिने पनि बजेट वक्तव्यमा उल्लेख छ ।

 

सरकारले सिंहदरबार वैद्यखानाको पुनर्संरचना गरी क्षमता विस्तार गर्ने भएको छ । आधारभूत आयुर्वेद औषधि उत्पादनलाई प्रवर्द्धन गर्दै सरकारी, सामुदायिक र निजी क्षेत्रबाट सञ्चालित स्वास्थ्य सेवा, औषधि उत्पादन र वितरणको गुणस्तर र मूल्यको नियमन सुदृढ बनाइने अर्थमन्त्री पुनले जानकारी दिए ।

 

सरकारले विदेशबाट ऋण ल्याउन बैंकलाई ब्याज भुक्तानीमा लाग्ने आयकरमा छुट दिने भएको छ । ‘वैदेशिक पूँजी आकर्षित गर्न विदेशी बैंक तथा वित्तीय संस्थाबाट लिएको ऋणको व्याज भुक्तानी गर्दा लाग्दै आएको आयकर घटाएको छु,’ अर्थमन्त्री पुनले भने । मंगलबार प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा अर्थमन्त्री पुनले पेस गरेको आगामी आर्थिक वर्ष २०८१÷८२ को बजेटले ज्येष्ठ नागरिकलगायत लक्षित समूहलाई सामाजिक सुरक्षा भत्तालाई निरन्तरता दिएको उल्लेख छ । सरकारले दिने सामाजिक सुरक्षा भत्ताका लागि १ खर्ब १६ अर्ब विनियोजन गरिएको हो ।

 

सरकारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी स्वर्गीय पत्नि सिता दाहालको नाममा कलेज स्थापनाको घोषणा गरेको छ । काठमाडौं विश्वविद्यालयमा सीता दाहाल मेमोरियल कलेज अफ न्याचुरोप्याथी एण्ड यौगिक साइन्स कलेज स्थापना र पूर्वाधार निर्माणका लागि रकम व्यवस्था छु,’ बजेट भाषण गर्दै अर्थमन्त्री पुनले भने ।

 

सरकारले ‘प्रधानमन्त्री छोरी आत्मनिर्भर कार्यक्रम’को लागि १० करोड बजेट विनियोजन गरेको छ । छोरीलाई शिक्षा र सीप प्रदान गर्न तथा उद्यमशीलता विकास गर्न यो कार्यक्रमको घोषणा गरिएको सरकारले जनाएको छ ।

 

सरकारले खुल्ला कारागारलाई सञ्चालन ल्याउने बताएको छ । कारागारमा कैदीको चाप अत्यधिक रहेको उल्लेख गर्दै चापलाई कम गर्न प्रोभेसन र प्यारोलको व्यवस्था गरिने अर्थमन्त्री पुनले घोषणा गरेका छन् । कारागारलाई सुधार गृहको रुपमा विकास गरिने घोषणा गरिएको छ ।

 

सरकारले आगामी आर्थिक वर्ष ‘साथीबाट सिक्ने साथीलाई सिकाउने’ कार्यक्रम सञ्चालन गर्ने भएको छ । यसले विद्यार्थीको सिकाई अभिवृद्धि गर्ने र नेतृत्व विकास गर्ने सरकारले विश्वास लिएको छ ।

 

सरकारले विदेशबाट फर्किएका नागरिकलाई स्वरोजगार बनाउन ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ घोषणा गरेको छ । अर्थमन्त्री पुनले भने, ‘वैदेशिक रोजगारीबाट फर्किएका नागरिकको ज्ञान, सीप र पुँजीबाट उद्यमशीलता प्रवर्द्धन गर्न ‘रिटर्नी उद्यमशीलता कार्यक्रम’ सञ्चालन गरी एक लाख जनालाई स्वरोजगार बनाइने छ ।’

 

सरकारले आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्‍याउने बताएको छ । अर्थमन्त्री वर्षमान पुनले बजेट भाषणमा बङ्गलादेशमा बिजुली बेच्ने तयारी रहेको बताए । उनले आगामी आर्थिक वर्ष राष्ट्रिय प्रणालीमा नौ सय मेगावाट बिजुली थप हुने समेत बताएका छन् ।

 

सरकारले काठमाडौँ उपत्यकामा स्मार्ट ट्राफिक लाइट जडान गर्ने भएको । काठमाडौँ उपत्यका भित्रको व्यस्त चौकमा ४४ वटा स्मार्ट ट्राफिक लाइट जडान गरिने घोषणा भएको हो ।

 

सरकारले पर्यटक लक्षित जनपुरमा बिहे र लुम्बिनीमा बच्चा जन्माउने हब विकास गर्ने भएको छ । पर्यटन आवागमन बढाउन यस्तो योजना बजेटमा ल्याइएको छ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved