शान्ति शिखर सम्मेलनमा बाइडेनको अनुपस्थिति पुटिनको समर्थन गर्नु जस्तै हो: जेलेन्स्की

नेपालभ्युज

शान्ति शिखर सम्मेलनमा बाइडेनको अनुपस्थिति पुटिनको समर्थन गर्नु जस्तै हो: जेलेन्स्की

एजेन्सी । स्विजरल्याण्डमा हुन लागेको शान्ति शिखर सम्मेलनमा अमेरिकी राष्ट्रपति जो बाइडेनको अनुपस्थिति रुसी राष्ट्रपति भ्लादिमिर पुटिनलाई समर्थन गरेजस्तै हुने युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मंगलबार बताएका छन् ।

जुनको मध्यमा हुने सम्मेलनमा बाइडेनले आफ्नो उपस्थिती अझै पुष्टि गरेका छैनन् । “उहाँको अनुपस्थिती राष्ट्रपति पुटिनको समर्थनमा टाउको निहुँराएर ताली बजाउनु जस्तै हुनेछ । शान्ति शिखर सम्मेलनलाई राष्ट्रपति बाइडेनको आवश्यकता छ, र अमेरिकी प्रतिक्रिया कुरीरहेका अन्य नेतालाई पनि उहाँको आवश्यकता छ”, जेलेन्स्कीले ब्रसेल्स भ्रमणको क्रममा भने ।

जेलेन्स्कीले विश्वका दर्जनौँ नेताले शिखर सम्मेलनमा भाग लिने बताएका छन् । उनले मंगलबार यस सम्मेलनमा सहभागी जनाउनु वा नजनाउनु युक्रेनमा शान्ति वा युद्ध चाहनु बीचको छनोट भएको बताए ।

जेलेन्स्कीले मस्कोको सहभागितालाई अस्वीकार गर्दै पुटिनले शिखर सम्मेलनलाई विफल बनाउन खोजेको आरोप लगाएका छन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved