गत वर्षको भन्दा १ खर्ब बढीको बजेट प्रस्तुत (पूर्णपाठ)

नेपालभ्युज

गत वर्षको भन्दा १ खर्ब बढीको बजेट प्रस्तुत (पूर्णपाठ)

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोडको बजेट ल्याएको छ । आगामी वर्षको बजेट गत वर्षको भन्दा एक खर्बले बढी रहेको छ ।

अर्थमन्त्री वर्षमान पुनले मंगलबार संघीय संसद्को संयुक्त बैठकमा पेश गरेको बजेट वक्तव्यमा कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४० अर्ब ६६ करोड अर्थात् ६१.३१ प्रतिशत रहेको उल्लेख गरेका छन् ।

यस्तै, सरकारले आगामी आर्थिक वर्षमा बजेटको स्रोतका रूपमा १२ खर्ब ६० अर्ब ३० करोड राजस्व संकलनको लक्ष्य राखेको छ ।

आन्तरिक ऋणबाट ३ खर्ब ३० अर्ब र वैदेशिक ऋणबाट ३ खर्ब १७ अर्ब ६७ करोड संकलन गरिने छ । र, वैदेशिक अनुदानबाट ५२ अर्ब ३३ करोड रुपैयाँ ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved