कोरोना महामारीको कारण अपेक्षित आर्थिक वृद्धि हुन सकेन: अर्थमन्त्री 

नेपालभ्युज

काठमाडौं । अर्थमन्त्री वर्षमान पुनले कोरोना महामारी जस्ता यावत घटनाको कारण अपेक्षित आर्थिक वृद्धि हुन नसकेको बताएका छन् ।

मंगलबार आगामी आर्थिक वर्ष २०८१/८२को बजेट प्रस्तुत गर्दै उनले दक्ष जनशक्तिको आवश्यकता, कोभिड महामारी, भूकम्प जस्ता आन्तरिक र बाह्य घटनाक्रमको कारण सरकारले लिएको लक्ष्यनुरुप आर्थिक वृद्धि हुन नसकेको बताएका हुन् ।

उनले गुणस्तरीय पूर्वाधारको कमी, उत्पादकत्व र रोजगारीमा अपेक्षित वृद्धि हुन नसकेको कारण आर्थिक वृद्धिदर न्यून भएको बताए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved