जनकपुरको अस्पतालमा उपचाररत कैलाश सिरोहियालाई एयर लिफ्टमार्फत् काठमाडौं ल्याउने तयारी

नेपालभ्युज

जनकपुरको अस्पतालमा उपचाररत कैलाश सिरोहियालाई एयर लिफ्टमार्फत् काठमाडौं ल्याउने तयारी

काठमाडौं । नागरिकता विवादमा जिल्ला अदालत धनुषाको अनुमतिले पक्राउ परेर जनकपुर लगिएका कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियालाई काठमाडौं ल्याउने तयारी गरिएको छ ।

स्वास्थ्यमा समस्या आएपछि जनकपुरको काब्या अस्पतालमा भर्ना गरिएको उनलाई स्वास्थ्यमा थप समस्या आएपछि एयर लिफ्ट गरेर काठमाडौं ल्याउने तयारी गरिएको हो ।

उच्च रक्तचाप, मुटुको चालमा उतारचढाव र टाउको दुखाइ बढेपछि सुरुमा जनकपुर प्रादेशिक अस्पतालमा भर्ना गरिएका उनलाई थप उपचारका लागि काब्या अस्पताल लगिएको थियो । अस्पतालमा पनि स्वास्थ्यमा सुधार नआएपछि काठमाडौँ ल्याउने तयारी भएको हो ।

सिरोहियाका कानुनी सल्लाहकार किशोर पौडेलले नेपाल भ्यूजसँग भने, ‘‘जनकपुरको अस्पतालबाट एयर लिफ्ट गरेर काठमाडौँ ल्याउने प्रक्रिया सुरु गरिएको छ ।’’

पछिल्लो पटक जिल्ला अदालतले उनलाई सोमबार तीन दिन थुनामा राख्ने अनुमति दिएको थियो । सिरोहियालाई पहिलेदेखि नै डायबिटिज, उच्च रक्तचापलगायत स्वास्थ्य समस्या थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved